ला लिगामा बर्सिलोनासँँगको अंक दुरी कम गराउँदै रियल

एजेन्सी– स्पेनिस ला लिगामा रियल मड्रिड आफ्नो अंक दुरी कम गराउदै भएको छ । आइतबार राति भएको खेलमा रियलले आलाभेसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ ।

रियलको जितका लागि करिम बेन्जिमा र भिनिसिउस जुनियरले एक एक गोल गरे । रियलका लागि खेलको ३० औं मिनेटमा बेन्जिमाले गोल गरेर रियललाई अग्रता दिलाएका थिए ।

निकैनै रोमाञ्चक तरिकाले चलेको खेलको ८० औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउ । रियलको अन्तिम गोल भने इन्जुरी समयको पहिलो मिनेटमा भएको थियो ।

मारियानोले गोल गर्दै टिमका लागि तेस्रो सफलता दिलाए । जितपछि रियल एथ्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलको २३ खेलबाट ४५ अंक भएको छ । साथै उसले शिर्ष स्थानको बार्सिलोनासँगको दुरी ८ अंकमा झारेको छ ।

२०७५ माघ २१, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment