नेपाली क्रिकेट टिम आज स्वदेश फर्कँदै

ऐतिहासिक एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय सिरिजको लागि संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपाली क्रिकेट टिम आज स्वदेश फर्कदै छ। टिमले त्यहाँ रहंदा एकदिवसीय र टि२० दुवै सिरिज २-१ को समान अन्तरमा जितेको थियो।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार नेपाली टिम सोमबार अर्थात आज दिउसो फ्लाई दुबई बिमानबाट ३:२० बजे दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपालले बर्षाले प्रभावित भएर १० ओभरमा छोट्टाईएको तेस्रो टि२० खेल १४ रनले जित्दै ऐतिहासिक सफलता हात पारेको थियो। यसअघि भएको पहिलो टि२० मा पराजित भएको नेपालले दोश्रो टि२० उत्कृस्ट कमब्याक गरेको थियो।

यस्तै टि२० सिरिज अगाडी खेलिएको ३ खेलको एकदिवसीय सिरिजमा समेत पहिलो खेलमा पराजित नेपालले पछिल्ला दुई खेलमा कमब्याक गर्दै सिरिज २-१ ले कब्जा गरेको थियो।

नेपाली टिम आज घर फर्किदै गर्दा महत्त्वपूर्ण सदस्य सन्दिप लामिछाने भने अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यासको लागि त्यसतर्फ प्रस्थान गर्ने छन्।

२०७५ माघ २१, सोमबार मा प्रकाशित

Leave a Comment