ऐतिहासिक सफलता सहित स्वदेश फर्केको नेपाली क्रिकेट टोलीको भब्य स्वागत (फोटो फिचर)

काठमाडौं –यूएईविरुद्धको तीन एकदिवसीय र ३ टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेर आज स्वदेश फर्केको नेपाल क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत भएको छ । दिउसो ३:२५ मा  विमानस्थल आई पुगेको थियो ।

नेपाली टोलीको स्वागतको निम्ती टोलीको स्वागतको लागि खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राखेप सदस्य सचिव केशव कुमार विष्ट, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको टोली विमानस्थल पुगेका थिए ।

नेपाली टोलीलाई रातो कार्पेट र फुलमालाले सम्मान गरि रहँदा विमानस्थलमै अध्यक्ष तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ पनि प्रदान गरेका थिए ।

 

२०७५ माघ २१, सोमबार मा प्रकाशित