सम्झना कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिता : सेमिफाइनल समीकरण पूरा

काठमाडौं-दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा नविता श्रेष्ठले स्वेच्छा नेम्वाङ तथा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन् ।

प्रतियोगिताअन्तर्गत स्कुलतर्फ यु–१२ ब्वाइज सिंगल्स फाइनलमा पुष्पसदनका सिद्धार्थ तामाङले जनकनाथका दिपेश गुरुङलाई ११–६, ११–७ र ११–५ को सोझो सेटमा पराजित गरे । यु–१६ ब्वाइज सिंगल्समा होराइजनका प्रवेश बस्नेत पहिलो भए । उनले फाइनलमा आदर्श विद्या मन्दिर ९एभीएम० का विशाल गोलेलाई ११–५, १२–१० र १३–११ ले हराए ।

कलेजतर्फ सिंगल्स स्पर्धाको पुरुषमा सोफ्ट वारिकाका स्यान्टु श्रेष्ठ तथा महिलामा लिभरपुलकी सिक्का सुवाल पहिलो बने । स्यान्टुले टाइम्सका कृष्ण थापा मगरलाई ११–१, ११–५ र ११–६ तथा सिक्काले एम्सकी दीक्षा दाहाललाई ९–११, ११–६, ११–३ र ११–८ ले उपाधि भिडन्तमा पाखा लगाए ।

२०७५ माघ २१, सोमबार मा प्रकाशित