लिभरपुललाई उपाधि होडमा धक्का

एजेन्सी-इन्ग्लिश प्रिमियर फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसंग बराबरीमा रोकिएको छ । गय राती भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलकालागी खेलको २२ औँ मिनेटमा सडियो मानेले गोल गरेका थिए । यस्तै खेलको २८ औँ मिनेटमा वेष्ट ह्यामका मिचेल एन्टोनियोेले जवाफि गोल गर्दै खेललाई बराबरीमा पुगाए ।

वेष्ट ह्यामको मैदानमा भएको खेलमा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए थियो भने खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । र, खेल बराबरीमा सकियो ।

लिभरपुलसँगको बराबरीले सिटीलाई फइदा पुगेको छ भने लिभरपुललाई उपाधि होडमा धक्का लागेको छ । लिभरपुलले शीर्ष स्थानको अग्रता ५ अंकको बनाउने मौका समेत छ ।

 

२०७५ माघ २२, मंगलवार मा प्रकाशित