चार सातामा तीन पटक भिड्दै बार्सिलोना र रियल कस्ले मार्ला बाजी ?

एजेन्सी– बार्सिलोना र रियल मड्रिड चार हप्तामा तीनपटक आमने समाने हुने भएका छन् । पहिलो पटक ६ फेब्रअरीमा पहिलो पटक कोपा डेल रे’को सेमिफाइनलका लागि बार्सिलोना र रियल आमने सामने हुँदै छन् ।

यस्तै २७ फेब्रुअरीमा हुने दोस्रो पटक कोपा डेल रे’मा पुनः दुबै टोली आमने सामने हुदैछन् । तेस्रो पटक ला लिगा यि दुई आमने सामाने हुदैछन् । उक्त खेल २ मार्चमा हुदैछ ।

यि तीनवटै खेल सम्पन्न हुने चार हप्ता लाग्ने छ । ला लिगामा यस सिजन भएको पहिलो भेटमा बार्सिलोनाले रियल मड्रिडलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । जसमा लुइस स्वारेजले ह्याट्रिक गरेका थिए ।

२०७५ माघ २२, मंगलवार मा प्रकाशित

Leave a Comment