डीपीएल तीनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ विराटनगर

काठमाडौं – तेस्रो सस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) आगामि माघ २६ गतेदेखी सुरु हुदैछ । प्रतियोगितामा छ ठुला सहरका फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् ।

प्रतियोगितामा भाग लिएको विराटनगर किंग्सले प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने भएको बताएको छ । राजधानिमा आज मुख्य प्रायोजक हस्ताक्षर कार्यक्रममा बोल्दै टिमका कप्तान करण केसीले आफ्नो टिमले प्रतियोगिता जित्नका लागि भरपुर मेहनत गर्ने बताए ।

‘हाम्रो टिम राम्रो छ, सन्तुलन पनि मिलेको छ, पहिलो चोटि विराटनगरले मलाई भरोसा गरेर टिमको जिम्मेवारी दिएको छ म यस्लाई खेरा जान पक्कै पनि दिने छैन । आफुले सकेजति मेहेनत टिमलाई जिताउनलाई गर्ने छु ।’ कप्तान करणले भने ।

फ्रेन्चाइज टिम विराटनगरलाई श्री एयरलायन्सले एक बर्षको लागि मुख्य प्रायोजन गरेको हो  । सम्झौतासंगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डीपीएल खेल्नेछ । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगरको मालिक प्रफुल्ल बैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कारणले विराटनगरबाट कप्तानी गर्न पाउदा खुसि लागि रहेको पनि बताए । विराटनगरका मालिक प्रफुल्ल बैद्य पैसा कमाउने उद्देश्यका लागि आएको टोली नभएको ले । सबै भन्दा ठुलो कुरा खेल प्रदर्शनमा राख्ने बताए ।

विराटनगरको प्रशिक्षको जिम्मेवारी सुनिल लामाले पाएका छन् । प्रशिक्षक लामाले टिम सन्तुलन हुनुका साथै ओपनर सहित स्पिनर बलर राम्रो रहेकोले आफुहरुले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेकुरामा दुइमत नभएको बताए । विराटनगरको पहिलो खेल माघ २६ मा धनगढी स्टार्ससँग रहेको छ ।

विराटनगर टिम :
करण केसी,कुशल भुर्तेल,अर्जुन अधिकारी, किशोर महतो ,आसिफ शेख, राजेश पुलामी मगर ,महोमद संसद शेख,पृथु बास्कोटा, हरी शंकर साह, सुशन भारी श्रेष्ठ,अमृत गुरुङ, तृत राज दास, सुबाश अयर,अभिनास यादव , शिवकान्त शुक्ला

२०७५ माघ २२, मंगलवार मा प्रकाशित

Leave a Comment