काठमाडौं–रामेछापमा भइरहेको मन्थली मेयर कप सिभिल भलीबल च्याम्पियनसीपमा प्रदेश नम्बर १ ले विजयी शुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा १ नम्बर प्रदेशले कर्णाली प्रदेशमाथि ३–० सेटको सोझो जित निकलेको हो ।
पहिलो सेट २५–१८ ले जितेको प्रदेश नम्बर १ ले दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ को जित निकाल्न सफल भयो ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक रहेको छ ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन टोलीको सहभागिता रहेको छ । जसमा रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ ।
