नेपालमा दोस्रो पटक एसी मिलानको जुनियर क्याम्प

काठमाडौं– एसी मिलानको जुनियर क्याम्प जुनियर क्याम्प दोस्रो पटक हुन लागेको छ । युरोपियन क्लब एसी मिलानले जुनियर फुटबल क्याम्प गर्ने भएको हो । क्याम्प आगामी चैत २४ देखी ३० गते सम्म हुने भएको हो ।

एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने छ । क्याम्पमा ७ देखि १७ बर्ष मुनिका खेलाडी सहभागीता जनाउने छन् ।  सहभागि सम्पुर्ण खेलाडीलाई इटालियन क्लब एसी मिलानबाट आएका ५ प्रशिक्षकहरु प्रशिक्षण दिने म्यानेजमेन्टका संयोजक थमन भुसालले बताए ।

सहभागि मध्यबाट उत्कृष्ट हुने १ खेलाडीले इटालीमा रहेको एसी मिलान फुटबल क्लबमा एक साताको प्रशिक्षण गर्न पाउने छन् । यस्तै एन्फाको सिफारिसमा परेको गरिब र जेहेन्दार एक खेलाडीलाई क्याम्पको लागि छात्रवृति प्रदान गरिने छ ।

यसअघि म्यानेजमेन्टले सन् २०१७ मा जुनियर क्याम्प आयोजना गरेको थियो । जसमा १२५ खेलाडी सहभागी भएका थिए ।

२०७५ माघ २२, मंगलवार मा प्रकाशित