क्यानको निलम्बन चाडै फुकुवा हुन्छ : मन्त्रि विश्वकर्मा

काठमाण्डौं–नेपाल सरकारका युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन छिटै फुकुवा गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लब नेपालले राजधानिमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीयतदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए ।

सरकारकै पहलमा निर्वा्चित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

२०७५ माघ २२, मंगलवार मा प्रकाशित