काठमाडौं–जापानको रिस्सो युनिभर्सिटी छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको दावेदार मानिएको विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै रिस्सो सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा रिस्सोले पुलिसलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रिस्सोको जितका लागि यासोटाका सुजुकीले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
यासोटाकाले पहिलो हाफको १९ औँ मिनेटमा टिमका लागि निर्णायक गोल गरेका थिए । उनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।
निकैनै रोमाञ्चक बनेको खेलमा दुबै टोलीले बाँकि समयमा गोल गर्न भने सकेनन् ।
रिस्सोले पुलिसलाई खेलभर नै दवावमा राखेपनि पुलिसको बलियो रक्षापङ्ति तोड्न सकेन । अब रिस्सोले फाइनल प्रवेशका लागि विभागीय नेपाल एपीएफ क्लबको सामना गर्नेछ ।
तस्विर : पोखरा स्पोर्टस्