काठमाडौं गोल्डेन्स तेस्रो सस्करणमा पहिलो हुने लक्ष्यका साथ धनगढी प्रस्थान

काठमाडौं – तेस्रो सस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागिता जनाउने टिम काठमाडौं गोल्डेन्सको सम्पुर्ण तयारी पुरा भएको छ ।

काठमाडौंको बिधाई तथा मुख्य प्रायोजक सम्झैता कार्यक्रम मंगलबार राजधानिमा सम्पन्न भएको छ । काठमाडौं र इस्लिङटन विच एक बर्ष सम्मको लागि सम्झौता भएको हो । इस्लिङटन कलेजका प्रमुख सुलब बुढाथोकी र काठमाडौंका सिईओ रमेश सिलवालले सम्झौता

पत्रमा हस्ताक्षर गरे । सम्झौतासंगै काठमाडौं गोल्डेन्सले ‘काठमाडौं गोल्डेन्स इस्लिङटन कलेज’ को नामबाट डीपीएल खेल्नेछ ।
टिमलाई काठमाडौंका मालिकलले अजै विदाई गरेका छन् । विधाई कार्यक्रममा बोल्दै काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले काडमाडौंको टिमको सन्तुलन मिलेको बताए ।

साथै उनले गत वर्षको जस्तै उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । ‘हामिले दोस्रो संकरणको खेलमा उकृष्ट प्रदर्शन भएको थियो यो संस्करणमा पनि त्यो भन्दा राम्रो गर्ने प्रयास गर्ने छौ’ मल्लले भने ।

विदेशी खेलाडीको रुपमा भने काठमाडौंले भारतीय खेलाडी गौरव तोमर र अलराउन्डर अंकित दबासलाई अनुबन्ध गरेको छ ।
यस्तै कामाडौंका प्रशिक्षक राजु बस्न्यातले आफ्नो टोलीको सन्तुलन निकै मिलेकोले उपाधि जितको लागि अझ मेहेनत गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

काठमाडौं गोल्डेन्सका मालिका रमेश सिलवालले भने टिम सन्तुलन हुनुका साथै बलियो पनि भएकाले जितका लागि अझै सहज हुने बताए ।
काठमाडौंमा राष्ट्रिय टिममा पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका अफ स्पिनर ललित नारायण राजवंशी पनि रहेका छन् ।  विदेशी खेलाडीको रुपमा भने काठमाडौंले भारतीय खेलाडी गौरव तोमर र अलराउन्डर अंकित दबासलाई अनुबन्धन गरेको छ ।

साथै काठमाडौं गोल्डेन्स डीपीएल क्रिकेटमा विदेशी खेलाडीको परिश्रमिक बताउने पहिलो टोली पनबनेको छ । काठमाडौंले पहिलो खेल आगमी माघ २७ मा शरद भेषवाकर कप्तान रहेको महेन्द्रनगर युनाइटेडसँग खेल्ने छ ।

काठमाडौं टिम

अनिल कुमार साह, ललित नारायण राजवंशी, विक्रम भुसाल ,राशिद खान , योगेन्द्रसिंह कार्की, नन्दन यादव ,सोनु तामाङ, सुर्य तामाङ, मेहबुब आलम, सुधिर चौधरी, अभिनव यादव, विक्रम ठगुन्ना

विदेशी खेलाडी

गौरव तोमर
अंकित दबास

२०७५ माघ २३, बुधबार मा प्रकाशित

Leave a Comment