डीपीएलको विजेताले ३० लाख पाउने

काठमाडौं– आगामि शनिबार देखी धनगढीमा संञ्चालन हुने धनगढी प्रिमियर लिग डीपीएल ३ को विजेताले ३० लाख रुपैया पाउने भएको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी र विजेताले पाउने पुरुस्कार रकमको बाजेमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

विगतका संस्करणझै प्रतियोगिता सर्वाधिक धनराशीको रहेने भएको छ । प्रतियोगिताको पुरस्कार राशीमा बीस प्रतिशत बढाईएको आयोजक त्रनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् ।

यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान रहेको छ । पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाख सहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।

त्यस्तै यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ, अव दुलहीझै सिंगार्न मात्रै थोरै काम बँकी रहेको छ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुशा शाहीले भने– रुस्लान धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भईसकेको छ । मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएका छन् ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानिय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।

प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स रहेका छन्। रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ।

प्रतियोगिताको लाईभ एपीवान एचडी टेलिभिजनले गर्नेछ। यस्तै अनलाइनमा लाइभ स्त्रिनिङको व्यवस्था पनि गरिएको छ । अनलाइन पारखी दर्शकहरुका लागि यस पटक क्रिकेट फन्टासी लिगको पनि व्यवस्थापन गरिएको छ । साथै प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ । टिकट काटेर आउने दर्शकहरुका लागी गोलाप्रथा माध्यम बाट आर्कषक नगत तथा अन्य पुरस्कार को समेत व्यवस्था गरिएको छ ।

खेल तालिका

प्रतियोगिताको खेल तालिका यसअिघि नै सार्वजनिक भईसकेको छ । पहिलो खेल माघ २६ गते शनिबार दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ।  प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसगको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ ।

२०७५ माघ २३, बुधबार मा प्रकाशित