अभिनास बोहरालाई गृहनगर नेपालगन्जमा भव्य सम्मानसहित नगर परिक्रमा

सुनिल रेग्मि  (नेपालगज) – नेपाली क्रिकेट टिमका सदस्य तथा भखरै युएइ सम्पन्न टि २० क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज घोषित अभिनास बोहरालाई गृह नगर नेपालगन्जमा आज भव्य सम्मानसहित नगर परिक्रमा गराइएको छ ।

बांके जिल्ला क्रिकेट संघको अगुबाइमा आज बिहान पुस्पलाल चोक बाट शुरु भएको नगर परिक्रमा धम्बोझी बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बांके अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिए ।

सम्मान कार्यक्रममा बांकेका खेलप्रेमी, खेलाडी नगरबासीहरुको उल्लेख्य सहभागी रहेको थियो । सम्मान कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले आफू पनि पुर्व खेलाडी भएकोले खेलाडीको समस्यामा सँधै हातेमालो गरेर अगाडि जाने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापा मगरले नगरपालिकाकोतर्फ बाट पनि बोहरालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बताए ।

थापाले अहिले कार्यविधी निर्माणको क्रममा रहेकाले छिटै सम्मानको कार्यक्रम राख्ने बताए । बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा क्यानका केन्द्रिय सदस्य संन्जय राज सिँह, खेल खेलकुद विकास समिति अध्यक्ष आतंक बस्नेत, प्रशिक्षक दिपेन्द्र प्रताप सिह लगाएत को सहभागी रहेको थियो ।

बोहोराले पहिलो खेलमा १, दोस्रो खेलमा ३ र तेस्रो खेलमा २ विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । बांके जिल्लाको हुँदै मध्यपश्चिमको प्रतिनिधित्व गरेर थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

बोहरा स्थानीय नेपाल टाइगर क्रिकेट क्लब बाट विभिन्न प्रतियोगिता खेल्ने गर्थे ।उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीमा सहभागी सबै खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा नेपाल सरकारले जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

२०७५ माघ २३, बुधबार मा प्रकाशित

Leave a Comment