कोपा डेल रे : पहिलो लेगमा बार्सिलोना र रियलले खेले बराबरी

एजेन्सी–स्पेनिस फुटबल महारथी बार्सिलोना र रियल मड्रिडले कोपा डेल रे अन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले पहिले अग्रता बनाएको थियो । रियलले खेल शुरु भएको छौटौँ मिनेटमा अग्रता बनाएको थियो ।

रियलका लागि लुकास भाक्विजले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर रियललाई सो अग्रता जोगाइराख्न मुस्किल भयो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियल विरुद्ध घरेलु टिम बार्सिलोनाले ५७ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । बार्सिलोनाका लागि माल्कमले गोल गरेका थिए ।

साथै पुर्ण रुपमा फिट नभएका स्टार खेलाडी लियोनल मेस्सी पनि दोस्रो हाफमा मैदान प्रवेश गरे । मेस्सी खेलको ६३ औं मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियलविरुद्ध दवाब बनाउन सफल भएको थियो ।

२०७५ माघ २४, बिहीबार मा प्रकाशित

Leave a Comment