डीपीएल-३ को ट्रफी सार्वजनिक

धनगढी-शनिबारबाट सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रफी र प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयरलाई प्रदान गरिने गोल्डस्टार गोल्डेन बुट सार्वजनिक गरिएको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी छ वटै टोलीका कप्तानहरुले आ-आफ्नो टोली ट्रफीको दावेदार भएको दावी गरे । सिवाईसी अन्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो टोलीमा राष्ट्रिय टोलीमा सहभागी तथा युवा खेलाडी भएकाले प्रतियोगितामा राम्रो रिजल्ट आाउनेमा आशावादी रहेका बताए ।

त्यस्तै घरेलु टोली धनगढी स्टारका कप्तान सोमपाल कामीले दुबै संस्करणको विजता टोली भएकाले यस वर्षपनि केही चुनौती थपिएको बताए । अन्य टिमपनि उत्तिकै राम्रा भएकालागि यस वर्ष ट्रफी जोगाउन चुनौती रहेको बताए ।

यसका साथै सबै टोलीका कप्तानहरुले आफुहरुको लक्ष्य खेल जित्ने भएकाले त्यसको लागि भरपुर तयारी गरिएको बताएका छन् । साविक विजेता कप्तान सोमपाल कामीले यो पटक नाम परिवर्त भएर आएपनि उपाधि जित्ने दाउका साथ तयार भएको बताए ।

२०७५ माघ २५, शुक्रबार मा प्रकाशित

Leave a Comment