डीपीएलको पहिलो दिन खेल नहुने

धनगढी– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को उद्घाटन खेल खेल तोकिएको दिन नहुने भएको छ।

वर्षाका कारण मैदान हिलाम्य भएकाले खेल नहुने भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज सार्वजनिक प्रेश विज्ञप्तीमार्फत जानकारी गराएको छ। वर्षाका कारण मैदान गिलो भएको र पीच पनि भिजेकाले पहिलो दिन खेल नहुने भएको हो।

पहिलो पटक क्रिकेट हुन लागेको धनगढीको फाप्ला क्रिकेट मैदानमा अहिले केहि ठाँउमा पानी जमेको छ। उक्त पानीका कारण पनि खेल नहुने भएको धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

यो साथै प्रतियोगिताका सबै खेलहरु दुई दिन पछि सरेका छन्। दुई दिन पछि हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्स भिड्ने छन्।

पहिलो खेल नहुने भएतापनि सिम्बोलिक उद्घाटन भने शनिवारै हुने भएको छ ।

यस्तो छ परिमार्जित खेलतालिका:

२०७५ माघ २५, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment