काडमाडौं–हिरो वुमन्स गोल्ड कप अन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) म्यानमारको सामना गर्दै छ ।
भारतको भुवनेश्वरमा सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्नदैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार साँझ ४ः१५ बजे सुरु हुने छ ।
यी दुबै टोलीले पछिल्लो पटक जापानमा सन् २०२० मा हुने ओलम्पिक छनोटका बेला आमने सामने भएका थिए । उक्त खेलमा दुबै टोलीले बराबरी खेलेका थिए । यस पटक भने नेपालले उत्कृष्ट प्रदर्शन गर्ने नेपालका प्रशिक्षक हरि खड्काले बताए ।
त्यस्तै नेपालकी कप्तान निरु थापाले पनि आफुहरुले राम्रो प्रदर्शन गर्ने बताइन ।
नेपाली महिला फुटबल टोलीले पछिल्लो समय लगातार राम्रो प्रशिक्षणमा व्यस्त रहेको छ । लामो समय बन्द प्रशिक्षणमा रहेको टोलीले साफ अगाडी आफूभन्दा बलियो टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ ।
हिरो गोल्डकपमा आयोजक भारतसँगै नेपाल, म्यानमार र इरानको सहभागिता छ ।