डेम्बेले बार्सिलोनाका महत्वपुर्ण खेलाडी हुन् : सुआरेज

एजेन्सी–बार्सिलोनाका स्टार खेलाडी उसमान डेम्बेले क्लबका लागि महत्वुर्ण रहेको टिमका अर्का स्टार खेलाडी लुईस सुआरेजले बताए ।  डेम्बेलेलाई बार्सिलोनाको टोलीमा नभई नहुने खेलाडी भएको उनका सहकर्मी सुआरेजले बताएका छन् ।

उसोत बार्सिलोनाका कप्तान मेस्सीले डेम्बेले बार्सिलोनाका लागि निकै नै महत्वपूर्ण खेलाडी भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय स्पोर्टस् मिडियासँग कुरा गर्दै सुआरेजले डेम्बेले बार्सिलोनाको टोलीमा नभई नहुने खेलाडी भएको बताएका हुन् । ‘यो हैन की उनी प्रहार गर्न सक्दैनन् । तर, कैयौँपटक उनले दिएको पास बलका लागि काउन्टर अट्याकमा पुग्न सक्दैन ।’

सुआरेजले भने,‘म त्यो ठाउँ पुग्न सकिरेको छैन जहाँ हाल डेम्बेले छन् । र मेस्सी पनि उनी भन्दा पछाडी छन् । उनी वास्तवमा तिव्र गतिमा छन् र हामी उनलाई पछ्याउन सकिरहेका छैनौ ।’

उनले थपे, ‘जब उनी ढौडन सुरु गर्छन् तब हामी उनको अगाडी रहन आवस्यक छ ।’

२०७५ माघ २६, शनिबार मा प्रकाशित

Leave a Comment