एजेन्सी–बार्सिलोनाका लेफ्ट ब्याक जोर्डि अल्बाले स्पेनिस ला लिगामा एक खेल गुमाउने भएका छन् । बार्सिलोना अल्बा बिना मैदान उत्रने भएको हो । शीर्षस्थानको बार्सिलोनाले ला लिगाको अर्को खेल ११ फेब्रुअरीमा एथ्लेटिक बिल्बाओसँग खेल्दै छ ।
उक्त खेलमा अल्बा अनुपस्थिति हुने भएका छन् । २९ वर्षीय अल्बाले जारी सिजनका २२ खेलमा २२ वटै खेल खेलेका छन् । ला लिगाका २२ खेल खेल्दा उनले ५ पहेँलो कार्ड खाएका छन् ।
शनिबार राति भ्यालेन्सियाविरुद्धको खेल खेलमा पहेँलो कार्ड खाँदै पाँच पहेँलो कार्ड पुगेकाले लेफ्ट ब्याक डिफेन्डर अल्बालाई बिल्बाओसँगको एक खेल प्रतिबन्ध लगाएको हो ।