सिरी ए : रोमाको सहज जित

एजेन्सी– इटालियन सिरी ‘ए’ अन्तर्गत गएराती भएको खेलमा एएस रोमाले चिएभोविरुद्ध सहज जित निकालेको छ । चिएभोको घरेलु मैदानमा भएको खेलमा रोमाले ३–० को जित हात पारेको हो ।

चिएभो विरुद्ध सहज जित निकाल्न रोमाका लागि खेलको नवौं मिनेटमा स्टेफन एल सरावेले पहिलो गोल गरे । त्यस्तै खेलको १८ औं मिनेटमा इडेन जेकोले गोल गर्दै रोमाको अग्रता दोब्बर पारेका थिए ।

रोमाञ्चक बनोको खेलको ५१ औं मिनेटमा एलेक्सजेन्डर कोलारोभले गोल गर्दै रोमालाई ३–० को सहज जित दिलाए ।

यो जितसंगै रोमाले २३ खेलबाट ३८ अंक जोडेको छ । लिग लिडर युभेन्ट्स २२ खेलमा ६० अंकका साथ पहिलो स्थानमा छ ।

२०७५ माघ २६, शनिबार मा प्रकाशित

Leave a Comment