डीपीएलको उद्धघाटन आज सम्पन्न, अग्रवाल र भट्टराई सम्मानित

धनगढी–तेस्रो संस्करण धनगढी प्रिमियर लिग (डिपिएल) को उद्धघाटन कार्यक्रम आज सम्पन्न भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमिले आज धनगढीमा एक कार्यक्रम गर्दै डीपीएलको–३ उद्धघाटन गरेको हो ।

उद्धघाटन प्रदेश नंम्बर ७ का मुख्य मन्त्री त्रिलोचल भट्टले गर्नु भएको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले फाप्ला क्रिकेट रंगशालाई चाडैने ब्यवास्थित अन्तराष्ट्रिय क्रिकेट रंगशालाको रुपमा देख्न पाइने बताए ।

प्रतियोगिताको उद्धघाटन आज गरियतापनि पहिलो खेल भने सोमबारबाट संञ्चालन गरिने भएको छ ।

पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराई सम्मान

त्यस्तै आजको उद्धघाटन कार्यक्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई पनि धनगढी क्रिकेट एकेडेमिले सम्मान गरेको छ ।

एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो । सम्मानित दुबैले धनगढी क्रिकेट एकेडेमिले आफुहरुको उच्च मुल्याङकन गर्दै सम्मान गरेकोमा खुसी ब्यक्त गरे ।

प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवैलाई सम्मान गरेका थिए । बर्षाका कारण प्रभावित डीपीएल सोमबारबाट मात्र सुरु हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १२ लाखमा चित्त बुझाउँदा तेस्रोले ४ र चौथो हुने टोलीले २ लाख पाउनेछन् ।

डिपिएलमा सहभागी ६ फ्रेन्चाइज ६ टोली रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले सुनको जुत्ता पनि पाउने छ ।

२०७५ माघ २६, शनिबार मा प्रकाशित

Leave a Comment