आईसीसीले पठायो नेपाली क्रिकेटरको तलब एकमुष्ट : हेर्नुस कस्ले कति पाउने छन् ?

काठमाडौं–अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाली क्रिकेटरहरुको दुई बर्ष देखिको तलव एक मुष्ट पठाएको छ । आइसीसीले राष्ट्रिय खेलकुद परिषदको खातामा एकमुष्ट तलब बापतको रकम १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपले जानकारी दिएको छ ।

राखेपले ए, बी र सी गरी खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर त्यसै अनुरुपको तलबी सम्झौता गरेर आइसीसीमा पत्र पठाएको थियो ।

‘ए’ श्रेणीका खेलाडी

कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले मासिक ३५ हजार रुपैयाँका दरले दुई वर्षको ८ लाख ४० हजार रुपैयाँ तलब एकमुष्ट पाउने छन् ।

‘बी’ श्रेणीका खेलाडी

आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचनले मासिक २५ हजार रुपैयाँका दरले एकमुष्ट ६ लाख रुपैयाँ

‘सी’ श्रेणीका खेलाडी

सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारीले मासिक १५ हजारका दरले ३ लाख रुपैयाँ तलब पाउनेछन् ।

२०७५ माघ २६, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment