नेपाल पहिलो खेलमा म्यानमारसंग ३-० ले पराजित

काठमाडौं–हिरो बुमन्स गोल्डकप फुटबल अन्तरगत नेपाल आफ्नो पहिलो खेलमा म्यानमारसंग पराजित भएको छ । पहिलो हाफको ४४ औ मिनेटमा म्यानमारले खिम मोई ओईको गोलबाट अग्रता बनाएको थियो ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा म्यानमारले दोस्रो गोल खेलको ५२ औ मिनेटमा गरेको थियो ।

निकैनै दवावमा परेको नेपालले ७६ औँ मिनेट सम्म पनि गोल फर्काउन सकेन । उता म्यानमारले खेलको ७७ औँ मिनेटमा अर्काे गोल गर्दै खेल ३–० को अवस्थामा पुराउन सफल भयो ।

प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

२०७५ माघ २६, शनिबार मा प्रकाशित

Leave a Comment