लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी–इंग्लिश प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा बर्नेमाउथलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ  ।

लिभरमुलको घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

लिभरपुलको जितका लागि साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले समान एक एक गोल गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकालेको हो ।

लिभरपुलले खेलको २४ औं मिनेटमा मानेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफ सुरुभएको तीन मिनेट नबित्दै सलाहले गोल गरेपछि लिभरपुललाई ३–० को सहज जित दिलाए ।

आजको खेलमा जितसंगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानको सिटीको ६२ अंक रहेको छ ।

२०७५ माघ २७, आईतवार मा प्रकाशित

Leave a Comment