लिग वान : नेयमार बिनाको पिएसजीको जित

एजेन्सी–पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बोर्डुअक्स विरुद्ध साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे ।

पिएसजीले बोर्डुअक्सलाई १–० गोल अन्तरले हराएको हो । फ्रेन्च लिग वान फुटबलको शिर्ष स्थानमा रहेको पिएसजी हाल आफ्ना स्टार खेलाडी नेयमार विना नै मैदान उत्रने गर्दछ ।

पिएसजीको घरेलु मैदानमा भएको खेलको ४२ औं मिनेटमा काभानीले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई हराबाट जोगाएका थिए ।

आजको खेलमा जित निकालेसंगै पिएसजीले २२ खेलबाट ५९ अंक जोडेको छ । पिएसजी दोस्रो स्थानको लिली भन्दा १३ अंकले अघि छ ।

२०७५ माघ २७, आईतवार मा प्रकाशित