सन्दिप लामिछानेले ३ विकेट लिएसंगै मेलवर्न स्टार्स सेमिफाइनलमा

एजेन्सी–बिग ब्यास लिग (बिबिएल) अन्तर्गत नेपाली युवा लेगस्पिनर सन्दिप लामिछानेले ३ विकेट लिएसंगै मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाउन सफल भयो । १६९ रनको लक्ष्य पाएको सिड्नीले उक्त लक्ष्य पछ्याउने क्रममा मात्र ७४ रनमा समेटियो ।

आजको जितसँगै मेलवर्न स्टार्स लिगमा चौँथोहुँदै सेमिफाइनलको यात्रा तय गर्न पनि सफल भएको छ ।

सिक्सर्सलाई सस्तैमा समेट्न सन्दिप लामिछानेले सानदार बलिंग गरे । २२ बल फ्याकेका उनले ३ विकेट लिंदा मात्र ११ रन खर्चिए । उनको नाममा टम कर्रन, बेन ड्वारिस्स र ल्याएड पोपेलाई आउट गरे ।

२०७५ माघ २७, आईतवार मा प्रकाशित

Leave a Comment