डिपिएल-३ मा आज हुने खेलहरु (सम्पुर्ण जानकारी)

धनगढी–आज देखि संञ्चालन हुन लागेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो दिनको पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने छन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ९ः०० बजेबाट शुरु हेने छ । त्यस्तै आज नै हुने अर्काे खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडको सामना गर्नेछ । खेल दिउसो १ः०० बजेबाट शुरु हुने छ ।

नेपालको घरेलु क्रिकेट प्रतियोगितामा सर्बाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको बिजेताले ट्रफीसँगै नगद ३० लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ ।

प्रतियोगिताका सबै खेलहरु एपीवान एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन् । आजहुने खेलमा काठमाडौं गोल्डेनको कप्तानि ज्ञानेन्द्र मल्लले गर्नेछन् । त्यस्तै धनगढी स्टार्सको कप्तानि सोमपाल कामीले समाल्ने छन् ।

पहिलो खेल: धनगढी स्टार्स भर्सेस काठमाडौं गोल्डेन्स

काठमाडौंको तयारी

यस अघि ट्रफि सार्वजनिक कार्यक्रममा बोल्दै काठमाडौं गोल्डेनका खेलाडी अनिल शाहले टिम ब्याटिंङ, बलिंङमा सन्तुलित भएको बताए । साथै भेराइटी समेत रहेकोले बिपक्षीको लागि खेल्न गाह्रो हुनसक्ने संकेत खेलाडी अनिल शाहले गरे ।

काठमाण्डौ गोल्डेन्स टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), ललित राजबंशी, अनिल साह, बिक्रम भुसाल, अबिनभ यादब, राशिद खान, योगेन्द्र कार्की, नन्दन यादब, सोनु तामांग, सुर्य तामांग, मेहबुब आलम, सुधिर चौधरी, बिक्रम ठगुन्ना

बिदेशी खेलाडी

गौरव तोमर (भारत)
अंकित देबासा (भारत)

धनगढी स्टार्सको तयारी

घरेलु टिम धनगडी स्टार्सले घरेलु दर्शको साथ पाउनेमा कुनै दुई मत भने छैन् । कप्तान सोमपाल कामीले आफ्नो टिमले यसअघि २ पटक नै उपाधी जितेकोले उपाधीमा ह्याट्रिक गर्न उत्सुक रहेको बताएका छन् ।

“पक्कैपनि उपाधी जोगाउन एक किसिमको चुनौती हुने छ । त्यो माथि अहिले सबै टोलीलहर बलिया नै छन् । युवा खेलाडी लिएर उत्रिएका छौं, उपाधी रक्षा गर्ने लक्ष्य छ” सोमपाले भने ।

धनगढी स्टार्स टिम

सोमपाल कामी (कामि), पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, धिरज शाही, कृष्ण ऐर

बिदेशी खेलाडी

रोहन मुस्तफा (युएई)
आमिर हयात (युएई)

दोश्रो खेल: रुपन्देही च्यालेञ्जर्स भर्सेस महेन्द्रनगर युनाईटेड

त्यस्तै आजनै हुने अर्काे खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडको सामना गर्नेछ। खेल दिउसो २ः०० बजेबाट शुरु हुनेछ। रुपन्देही च्यालेञ्जर्सको कप्तानि बसन्त रेग्मीले गर्नेछन्। उता महेन्द्रनगर युनाईटेडको कप्तानि शरद भेसवाकरले समाल्ने छन्।

रुपन्देही च्यालेञ्जर्स टिम
बसन्त रेग्मी(कप्तान), भिम शार्की, ललित भण्डारी, प्रदिप ऐरि, पुरन बिक, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, बिनोद भण्डारी, सुरज दराई, अनिल खरेल , शेर मल्ल

बिदेशी खेलाडी
बाबर हायात (हंगकंग)
राजा अलि डर (पाकिस्तान)

महेन्द्रनगर युनाईटेड टिम
शरद भेसवाकर (कप्तान), रोहित पौडेल, अविनाश बोहरा, आरिफ शेख, अमर सिंह रौटेला, सागर ढकाल, सिद्धान्त लोहनी, दिलिप नाथ, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का

बिदेशी खेलाडी
मोहम्मद नाबिद (युएई)
सुब्रमनियन आनन्द (भारत)

२०७५ माघ २८, सोमबार मा प्रकाशित

Leave a Comment