बार्सिलोनाको बराबरी, रियललाई फाइदा

एजेन्सी–स्पेनीस ला लिगा फुटबल अन्तरगत सोमबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक बिल्बावसंग बराबरी खेलेको छ ।

बिल्बावको घरेलु मैदानमा भएको खेलमा पाउना टोली बार्सिलोनाले कुनै गोल गर्न सकेन । उता बिल्बावले पनि गोल गर्न सकेन ।
दुबै टोलीले अतिरिक्त समयमा गोल गर्न नसक्दा दुबैले १–१ अंक बाडेर चित्त बुझाएका हुन् ।

बार्सिलोनाले यो खेलमा बाराबरी खेलेसंगै रियललाई फाइदा पुगेको छ । किनभने रियल दोस्रो स्थानमा छ । अव बार्सिलोना र रियलको अंक दुरी मात्र ६ अंकको छ ।

गय राति भएको खेलमा बार्सिलोनाले पुरै खेल नियन्त्रणमा लिएपनि गोल भेन गर्न सकेन । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले पनि कुनै गोल गर्न सकेनन् ।

उता खेलको इन्जुरी समयको पहिलो मिनेटमा एथ्लेटिक १० खेलाडीमा झरेको थियो । बिल्बावका डी मार्काेस दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

यो बराबरीसंगै बार्सिलोनाले २३ खेलबाट ५१ अंक जोडेको छ भने दोस्रो स्थानको रियलको २३ खेलबाट ४५ अंक बनाएको छ ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment