युभेन्ट्सको सहज जित, सासोउलो ३–० गोल अन्तरले पराजित

एजेन्सी–इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सासोउलो माथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन सामी खेडिरा, स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र एम्री क्यानले समान १–१ गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

युभेन्ट्सलाई जित दिलाउने क्रममा पहिलो हाफमा २३ औं मिनेटमा खेडिराको गोल गरेका थिए । त्यसपछि दोस्रो हाफमा स्टार खेलाडी रोनाल्डोले थप एक गोल गरे ।

उनले खेलको ७० औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए ।

आजको खेलमा जितसँगै युभेन्ट्सले लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ५२ अंक छ ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित