हिरो गोल्ड कप : नेपाल भारतसंग प्रतिस्पर्धा गर्दै

काठमाण्डौं–हिरो गोल्डकप अन्तरगत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज आफ्नो दोस्रो खेलमा भारतको सामना गर्ने भएको छ । कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ सात बजेबाट सुरू हुनेछ ।

उसोत एसियाली महिला फुटबलमा नेपालको लागि भारत बलियो खम्बाको रुपमा रहेको थियो ।

पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दवाव छ । प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको नेपाल प्रतियोगितामा अंक बिहिन छ ।

आजको खेलमा नेपाल पराजित भएमा उपाधिको यात्रा समाप्त समान हुनेछ । प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित