रुपन्देहि च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडलाई दियो ११२ रनको लक्ष्य

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी–२० क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेड सामुन्ने ११२ रनका लक्ष्य प्रस्तुत गरेको छ ।

आज भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १११ रन जोडेको हो ।
रुपन्देहिका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोड्न सफल भए ।

उनले १ चौका र २ छक्काको सहयोगमा २७ रन जोडेका हुन् । त्यस्तै बिनोद भण्डारीले १९ रन बनाउदा बाबर हायाते १४ रनको योगदान गरे । सन्दिप सुनार १५ रन जोड्न सफल भए ।

त्यस्तै पुनित मेहेरा ३ तथा भिम सार्किले २ रन बनाउदा प्रदिप ऐरीले १ रन जोड्न सके । कप्तान बसन्त रेग्मीले एक रन पनि जोड्न सकेनन् । किष्न कार्किले ४ रन जोड्न सफल भए । बिक्रम सोबले १६ रन जोड्दा ललित भण्डारी भने सुन्य रनमा नै आउट भए ।

बलिङतर्फ महेन्द्रनगर युनाईटेडका सिर्धार्थ लोहनिलेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सागर ढकाल र अबिनास बोहोराले समान २–२ विकेट लिदा कप्तान शरद भेषवाकर १ विकेट लिए ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित