बिक्रमको घातक बलिङमा रुपन्देहीको रोमाञ्चक जित

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी–२० क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले विजय यात्रा सुरु गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडलाई २ रनले  पराजित गरेको हो ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्उने क्रममा मेहेन्द्रनगर युनाइटेडले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै  १ सय ९ रन मात्र रनमा समेटियो  ।

रुपन्देही च्यालेञ्जर्सका बिक्रम सोवले सर्वाधिक ३ विकेट लिए । पुनित मेहरा २ विकेट लिए । कप्तान बसन्त रेग्मी, ललित भण्डारी र किष्ण कार्किले समान १–१ विकेट लिए ।

मेहेन्द्रनगरका लागि सुब्रमनियम आनन्दले सर्वाधिक २५ रन जोड्न सफल भए । उनले ३४ बलमा १ चौका र २ छक्कका प्रहार गर्दै २५ रन जोडेका हुन् ।

त्यस्तै रोहित कुमार पौडे्लले २४ रनको योगदान गरे । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन पुरा गरेका हुन् ।

कुसल मल्लले ११ रन जोड्दा कप्तान शरद भेषवाकरले ८ रनको योगदान गरे । दिलिपनाथले ८ तथा आरिफ सेखले ५ रन बनाउद सफल भए । त्यस्तै सिधार्थ लोहनि सुन्य रनमा आउट भए ।

त्यस्तै युएईका कप्तान मोहमद नाबिदले १२ रन बनाउदा अमर सिहँ राउटेलले ६ रन बनाए । त्यस्तै अबिनास बोहोराले ३ रन बनाए ।

यस अघि रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेड सामुन्ने ११२ रनका लक्ष्य प्रस्तुत गरेको गरेको थियो । रुपन्देहीले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १११ रन जोडेको हो ।

रुपन्देहिका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोड्न सफल भए । उनले १ चौका र २ छक्काको सहयोगमा २७ रन जोडेका हुन् । त्यस्तै बिनोद भण्डारीले १९ रन बनाउदा बाबर हायाते १४ रनको योगदान गरे । सन्दिप सुनार १५ रन जोड्न सफल भए ।

त्यस्तै पुनित मेहेरा ३ तथा भिम सार्किले २ रन बनाउदा प्रदिप ऐरीले १ रन जोड्न सके । कप्तान बसन्त रेग्मीले एक रन पनि जोड्न सकेनन् । किष्न कार्किले ४ रन जोड्न सफल भए । बिक्रम सोबले १६ रन जोड्दा ललित भण्डारी भने सुन्य रनमा नै आउट भए ।

बलिङतर्फ महेन्द्रनगर युनाईटेडका सिर्धार्थ लोहनिलेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सागर ढकाल र अबिनास बोहोराले समान २–२ विकेट लिदा कप्तान शरद भेषवाकर १ विकेट लिए ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित

Leave a Comment