पिचको चर्चामा सम्पन्न भयो डीपीएल–३ को पहिलो दिन, आज दोस्रो दिनको (सम्पुर्ण जानकारी)

धनगढी–रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को आज दोस्रो दिन बिभिन्न दुई खेल हुदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले सीवाईसी अत्तरीयाको सामना गर्ने । बिहान ९ः०० बजेबाट सुरुहुने खेलमा दुबै टोली जित निकाल्ने पक्षमा हुनेछन् ।

यस अघिको पहिलो खेलमा काठमाडौं गोल्डेनसंग हार बेहोरेको धनगढी आजको खेलमा भने त्यो गल्ती दोहोराउन चाहान्न । उता अत्तरिया पहिलो खेलमा जितसंगै डीपीएलको राम्रो सुरुवात गर्ने पक्षमा हुनेछ ।

त्यस्तै आजनै हुने अर्काै खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सको सामना गर्ने छ । दिउसो १ः०० बजेबाट संञ्चालन हुने खेलमा दुबै टोलीको योजना जित हुनेछ । रुपन्देहि लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ भने विराटनगर पहिलो खेलमा जित निकाल्दै डीपीएलको राम्रो सुरुवात गर्ने पक्षमा हुनेछ ।

फ़्रेन्चाइज क्रिकेटमा पहिलो पटक कप्तानि समालेका विराटनगरका कप्तान करण केसीले भने सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजना भएको बताएका छन् ।

दुबै खेलको प्रत्यक्ष प्रसारण एपीवान एचडीले गर्ने छ ।

यसअघि सोमबार भएको खेलहरुमा पिचको चर्चा गर्दै सबै खेल सकिएका थिए ।

नयाँ क्रिकेट मैदान अनि नयाँ परिवेश सबै नयाँ । अवश्यपनि सबै क्रिकेट खेलाडीहरुलाई पहिलो पटक कुनै क्रिकेट मैदानमा खेल खेल्न जादा त्यो मैदानको बारेमा धेरै ज्ञान हुदैन ।

क्रिकेट मैदानको बारेमा राम्रो ज्ञान नभएर खेल खेल्दा कति पय समयमा बलरलाइ फाइदा हुन्छ त कतिपय समयमा ब्याट्म्यानलाइ फाइदा पुग्दछ । अनि कतिपय समयमा दुबैलाई घाटा हुन्छ ।

त्यस्तै तेस्रो सस्कराणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो दिन पनि क्रिकेटरहरुको लागि फाप्ला क्रिकेट मैदान नयाँ बन्यो ।

पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रिकेट खेलाइएको फाप्ला क्रिकेट मैदानमा ५ वट पिच छ । चारै तिर हरिहाली भएको मैदानमा केहि पानिका ओसहरु अझै बिलाई सकेका छैनन् ।

फाप्लामा हिजो भएका चारवटै खेलहरुमा सम्पुर्ण टोलीका ब्यट्म्यानहरुले रनको लागि संघर्स गर्नु परेको थियो । त्यस्तै कुनै बरलर सहजै विकेट लिन सफल भएका थिए भने कुनै बलरले विकेट लिनको लागि कडा मेहनत गर्नु परेको थियो ।

तर हिजोको खेलहरुलमा ब्याट्म्यानहरु भन्दा बलरहरुनै धेरै जमेमा थिए। हिजो भएका दुबै खेलमा चार वटै टोलीले मैदानसंग भलाकुसारीनै गरे । खेल सकिसकेपछि चारै टोलीका कप्तानहरुले मैदान नयाँ भएकाले खेल प्रदर्शनमा केहि तलमाथि भएको अनुभव सुनाए ।

महेन्द्रनगरका कप्तान शरद भेषवाकरले पनि मैदानको बारेमा चित्त बुज्दो धारण राखेनन् । उसो त उनले मैदानलाई कुनै पनि दोस दिन चाहेनन् । ‘विकेट पनि निकै कठिन छ, धेरै रन बन्छ जस्तो लाग्दैन, अब तीन चार दिन घाम लागेको खण्डमा केहि फरक हुन सक्छकी भन्ने आशा छ’ शरदले भने ।

त्यस्तै घरेलु टोली धनगढी स्टार्सका कप्तान सोमपाल कामिले भने मैदान राम्रोसंग खेल्न युक्त भएकोले पहिलो दिन केहि कुरामा कमजोरी भएको बताए । ‘मैदान ठिकैछ पहिलो दिन भएकाले ब्याटिङ र बलिङको कुरामा केहि कमजोरी भो । कुनै सोच्दै नसोचेको बलमा रन बन्न पुग्यो कुनै रन बनाउन खोजेको कुरामा विकेट पतन भयो ।’

समग्रमा भन्नु पर्दा आजको हारले केहि पाठ सिकियो अर्काे खेलमा थप बलियो भएर आउने छौँ । सोमपालले भने । उनले पहिलो दिनमा ब्याट्म्यानहरुले पनि राम्रो रन बनाउन नसको र बलरले पनि चिक्त बुज्दो प्रदर्शन गर्न नसको पनि बताए ।

डीपीएलको पहिलो खेलमा जित निकालेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफुहरुले चिक्त बुज्दो अनुशारको खेल प्रदर्शन गर्न नसकेको बतए । ज्ञानेन्दे्रले क्रिकेट मैदानले पनि पहिलो दिनमा केहि साथ नदिएको धारणा राखे । ‘हामि बरल तथा ब्याट्म्यानले पनि सोचेजतिको रन बटुल्न सकेनौ । जस्ले गर्दा खेलमा जित भएपनि सन्तोष जनक जित निकाल्न नसकिएको बताए ।

रुपन्देहि च्यालेन्जर्सका कप्तान बसन्त रेग्मीको धारणा भने अलि फरक छ । उनले सोचेजति रन बटुल्न नसकेपनि विकेट लिन सकेको मा खुसी ब्यक्त गरे । साथै उनको टोलीमा क्याच छुट्दा पनि खेलमा जित निकाल्न केहि संघर्स गर्नु परेको बताए ।

२०७५ माघ २९, मंगलवार मा प्रकाशित

Leave a Comment