काठमाडौं – भारतमा जारि हिरो गोल्डकप अन्तरगत अहिले चरिरहेको नेपाली राष्ट्रिय महिला टोली र भारत बिचको खेलमा नेपाली महिला टोलीले २–० को अग्रता बनाएको छ ।
नेपाललाई सुरुवाती अग्रता दिलाउने क्रममा सावित्रा भण्डारीले खेलको ५ औँ मिनेटमा गोल गरिन । सावित्राले पहिलो गोल गरेको दुई मिनेट नबित्दै अर्काे गोल गर्दै नेपाललाई २–० अग्रता दिलाईन ।
भारतको कालिङगा रंगशालमा जारी खेलमा नेपालले सुरुवाती समय देखी भारतलाई दवावमा राखेको छ ।
यस अघिको खेलमा म्यानमारसंग पराजित भएको नेपाली महिला फुटबल टोलीलाई आजको खेल जित्नै पर्ने दवाव छ ।