भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं – भारतमा जारि हिरो गोल्डकप फुटबल अन्तरगत भारतविरुद्ध नेपाली महिला फुटबल टोलीले सहज जित निकालेको छ ।

सोमबार भारतको भुवनेश्वर स्थित कालिङगा रंगशालमा भएको खेलमा नेपाले आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले हराउन सफल भएको हो ।

नेपाली महिला फुटबल टिमले भारतलाई पाराजित गरेको यो नै पहिलो पटक हो । गत नोभेम्बरमा म्यानमारमा सम्पन्न टोकियो ओलम्पिक छनोट प्रतियोगिता अन्तरगत एसिया छनोट प्रतियोगितामा भारत विरुद्ध अग्रता लिएपनि नेपाले बराबरी खेल्नु परेको थियो ।

आजको खेलमा जित सहित नेपालले ३ अंक जोडेको छ । आजको खेलमा जित निकालेसंगै नेपालले सेमिफाइनलमा पुग्ने आशा जगाएको छ ।

नेपाली टोलीलाई जित दिलाउने क्रममा नेपालका तर्फबाट सावित्रा भण्डारीले ब्यक्तिगत दुई गोल गरिन । सावित्राले खेल सुरु भएको ५ औँ मिनेटमा गोल गर्दै नेपालाई सुरुवाती अग्रता दिलाएकि थिइन् ।

सावित्राले पहिलो गोल भएको दुई मिनेट भित्र अर्काे एक गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । त्यस पछि  भारतको तर्फबाट खेलको ८४ औँ मिनेटमा रत्नबला देबिले गोल गरिन । बाँकि समयमा दुबै टोलीबाट गोल हुन नसक्दा नेपालले भारतविरुद्ध जित निकालेको हो ।

यस अघिको खेलमा म्यानमारसंग ३-० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

२०७५ माघ २८, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment