धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणकको दोस्रो दिनको पहिलो खेलमा आज धनगढी स्टार्स र सिवाईसी अत्तरिया भिड्दै छन् ।
फाप्ला क्रिकेट मैदनमा हुने खेलमा दिपेन्द्रसिंह ऐरी कप्तान रहेको अत्तरियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
पहिलो खेलमा धनगढी काठमाडौंसँग ४ विकेटले पराजित भएको थियो ।
सिवाईसी अत्तरियाको पहिलो खेल हो । आजको खेलमा जित निकाले सीवाईसी राम्रो सुरुवात गर्ने पक्षमा छ ।
