सिवाईसी अत्तरियाले धनगढीलाई दियो ९६ रनको सामान्य लक्ष्य

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टि-२० क्रिकेटको दोस्रो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य दिएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट घुमाउदै ९५ रन पुरा गर्दै धनगढीलाई ९६ रनको लक्ष्य दिएको हो ।

सिवाईसीका लागि सन्नि पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेल्दै २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोड्न सफल भएका हुन् । त्यस्तै जयकिसान कोल्सावालाले २१ रन बनाउन सफल भए । ओपनरमा आएका कोल्सावालाले २६ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन बनाउन सफल भएका हुन् ।

उनिसंग साझेधारी गर्न आएका सुभेन्दु पाण्डे ८ औँ ओभरको दोस्रो बलमा आउट हुन पुगेका थिए । पाण्डेले १५ बल खेल्दै जम्मा ३ रन बनाउन सके ।

त्यस्तै कप्तान दिपेन्द्र ऐरीले ११ रन जोड्न सके । उनले १६ बलमा ११ रनको योगदान गरका हुन् । सिवाईसीका लागि प्रेम तामाङले १२ रन बनाउ । उनले २५ बलमा १ चौकाको सहयोगमा १२ रन जोडेका हुन् । त्यस्तै सन्दिप जोराले २ रन बनाउदा भुवन कार्किले ३ रन बनाए ।

बलिङ तर्फ धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक २ विकेट लिए । धनगढीका कप्तान सोमपाल कामी, विपिन खत्री र अमिर हायातले समान १–१ विकेट लिन सफल भए ।

पहिलो खेलमा धनगढी काठमाडौंसँग ४ विकेटले पराजित भएको थियो । सिवाईसी अत्तरियाको पहिलो खेल हो ।

२०७५ माघ २९, मंगलवार मा प्रकाशित