भुवन कार्किको धातक बलिङमा सिवाईसीको सहज जित

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले हराउन सफल भयो ।

९६ रनको लक्ष्य पाएको धनगढी पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनाउन सफल भयो । सीवाईसीको जितका लागि भुवन कार्किले सर्वाधिक ४ विकेट लिए । त्यस्तै भारतिय खेलाडी सन्नी पटेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले बलिङ तर्फ २ विकेट लिए भने ब्याटिङ तर्फ सर्वाधिक ३५ रन जोड्न सफल भए ।

अत्तरीयाका लागि कप्तान दिपन्द्र ऐरी र दिपेन्द्र रावतले समान १–१ विकेट लिए । ब्याटिङ तर्फ ९६ रनको सामान्य लक्ष्य पछा्उने क्रममा धनगढीका लागि राजु रिजालले सर्वाधिक २६ रनको योगदान गरे । उनले २६ बल खेल्दै १ चौका र १ छक्काको सहयोगमा २६ रन बनएका हुन् ।

यस्तै रोहन मुस्तफालले सर्वाधिक १८ रनको योगदान गरे । उनले २७ बल खेल्दै १ चौकाको सहयोगमा १८ रन बनाएका हुन् । धनगढीका लागि कप्तान सोमपाल कामि र सन्दिप रजाईलिले समान १०–१० रनको योगदान गरे ।

त्यस्तै सुनिल धमलाले र अमिर हायातले समान ४–४ रन बनाउदा अमित श्रेष्ठ, सौरव खनाल र पवन सराफ खाता खोल्न नपाउदै आउट भए । त्यस्तै रुविन क्षेत्रिले जम्मा २ रन बनाए ।

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट घुमाउदै ९५ रन पुरा गर्दै धनगढीलाई ९६ रनको लक्ष्य दिएको हो ।

सिवाईसीका लागि सन्नी पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेल्दै २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोड्न सफल भएका हुन् । त्यस्तै जयकिसान कोल्सावालाले २१ रन बनाउन सफल भए । ओपनरमा आएका कोल्सावालाले २६ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रन बनाउन सफल भएका हुन् ।

उनिसंग साझेधारी गर्न आएका सुभेन्दु पाण्डे ८ औँ ओभरको दोस्रो बलमा आउट हुन पुगेका थिए । पाण्डेले १५ बल खेल्दै जम्मा ३ रन बनाउन सके ।

त्यस्तै कप्तान दिपेन्द्र ऐरीले ११ रन जोड्न सके । उनले १६ बलमा ११ रनको योगदान गरका हुन् । सिवाईसीका लागि प्रेम तामाङले १२ रन बनाउ । उनले २५ बलमा १ चौकाको सहयोगमा १२ रन जोडेका हुन् । त्यस्तै सन्दिप जोराले २ रन बनाउदा भुवन कार्किले ३ रन बनाए ।

बलिङ तर्फ धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक २ विकेट लिए । धनगढीका कप्तान सोमपाल कामी, विपिन खत्री र अमिर हायातले समान १–१ विकेट लिन सफल भए ।

 

२०७५ माघ २९, मंगलवार मा प्रकाशित

Leave a Comment