विराटनगरले रुपन्देहिलाई दियो ९४ रनको लक्ष्य

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किङसले रुपन्देहि च्यालेन्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो । विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा ९३ रन बनाउन सफल भयो ।

विराटनगरका लागि असदुल्ला खालने १८ रनको योगदान गरे । उनले १२ बल खेल्दै दुई छक्काको सहयोगमा १८ रन जोड्का हुन् ।
त्यस्तै कुशल भुर्तेलले १२ रनको योगदान गरे । उनले १७ बल खेल्दै १ चौकाको सहयोगमा १२ रन जोडेका हुन् ।

समसेद सेखले १० रन जोड्दा सुवास एरले ९ रन जोड्न सफल भए । विराटनगरका लागि राजेस पुलामिले १५ रन जोड्दा आसिफ सेखले ८ रन बनाउन सके भने अविनास यादवले ७ रन जोडे ।

यस्तै पृथु बास्कोटाले ४ रन जोड्दा ओपनरमा आएका हरिसंकर शाहा रन नबानाएरै आउट भए । विराटनगरका कप्तान करण केसीले मात्र २ रन जोड्न सफल भए ।

बलिङ तर्फ रुपन्देही च्यालेन्जर्सका पुनित मेहेराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित भण्डारी र बसन्त रेग्मीले समान २–२ विकेट लिन सफल भए । रुपन्देहिका लागि किष्ण कार्कि र बिक्रम सोबले समान १–१ विकेट लिए ।

२०७५ माघ २९, मंगलवार मा प्रकाशित

Leave a Comment