डीपीएल–३ मा रुपन्देहिको लगातार दोस्रो जित

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो दिनको दोस्रो खेलमा रुपन्देहिले विराटनगर किङसलाई ५ विकेटले हराएको छ ।

विराटनगरले दिएको ९४ रनको लक्ष्य पछा्उने क्रममा रुपन्देहिले १३ दशमवल १ ओभरमा ५ विकेटको क्षेतिमा ९४ रनको सामान्य लक्ष्य भेटायो ।

रुपन्देहीका लागि पुनित मेहराले सर्वाधिक ४६ रनको योगदान गरे । उनले २७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाउन सफल भए ।

त्यस्तै बाबर हायातले १७ रन बनाउन सफल भए । उनले २३ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाएका हुन् ।

रुपन्देहीका लागि भिम सार्कीले १२ रन बनाउदा विनोद भण्डारीले ७ तथा प्रदिप ऐरीले २ रन जोडे । त्यस्तै कप्तान बसन्त रेग्मीले ८ रन बनाए ।

बलिङ तर्फ अभिनास यादव २ लिदा सुमन भारी, कप्तान करण केसी, समसेद सेखले समान १–१ विकेट लिए । यस अधि टस जितेर ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा ९३ रन बनाउन सफल भयो ।

विराटनगरका लागि असदुल्ला खानले १८ रनको योगदान गरे । उनले १२ बल खेल्दै दुई छक्काको सहयोगमा १८ रन जोड्का हुन् । त्यस्तै कुशल भुर्तेलले १२ रनको योगदान गरे । उनले १७ बल खेल्दै १ चौकाको सहयोगमा १२ रन जोडेका हुन् । समससेद सेखले १० रन जोड्दा सुवास एरले ९ रन जोड्न सफल भए ।

विराटनगरका लागि राजेस पुलामिले १५ रन जोड्दा आसिफ सेखले ८ रन बनाउन सके भने अविनास यादवले ७ रन जोडे । यस्तै पृथु बास्कोटाले ४ रन जोड्दा ओपनरमा आएका हरिसंकर शाहा नबानाएरै आउट भए ।

विराटनगरका कप्तान करण केसीले मात्र २ रन जोड्न सफल भए । बलिङ तर्फ रुपन्देही च्यालेन्जर्सका पुनित मेहेराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित भण्डारी र बसन्त रेग्मीले समान २–२ विकेट लिन सफल भए । रुपन्देहिका लागि किष्ण कर्की र बिक्रम सोबले समान १–१ विकेट लिए ।

२०७५ माघ २९, मंगलवार मा प्रकाशित