च्याम्पियन्स लिग : पीएसजी र युनाइटेड भिड्दै

एजेन्सी–च्याम्पियन्स लिग अन्तरगत आज (मंगलबार) राति दुई खेल हुदैछन् । आज हुने खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग भिड्दै छ ।

युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुशार राति १ः४५ बजेबाट सुरु हुनेछ । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुबै क्लबलाई बलियो टोलीको रुपमा हेरिएको छ ।

तर, पिएसजीलाई भने च्याम्यिन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलकाको पलिहो लेगमा भने जित निकाल्न निकै असहज हुने देखिन्छ । त्यसको कारणहो पीएसजीका स्टार खेलाडीहरु नेयमार, इडिन्सन काभानी तथा मार्को भेराटी मैदानमा अनुपस्थित हुने भएका छन् ।

तीनवटै खेलाडी घाइते भएका कारण युनाइटेडविरुद्धको खेलमा उपस्थित नहुने विश्वस लिएको छ । पछिल्लो समय युनाइटेड लयमा देखिएको छ । काम चलाउ प्रशिक्षक ओले गनर सोल्स्कजारले युनाइटेडको प्रशिक्षण सम्हाले यता म्यानचेस्टर युनाइटेडले कुनै खेल हारेको छैन ।

आज हुने खेलमा पनि जित निकाल्दै युनाइटेड च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्ने पक्षमा छ ।

आजनै हुने अर्काे खेलमा ए.एस रोमाले एसी प्रोट्रोको सामना गर्दैछ । रोमाको घरेलु मैदनमा हुने खेल नेपाली समय अनुशार राति १ः४५ बजेबाट सुरु हुनेछ । लिग चरणको खेलमा दुबै टोली बलिया छन् ।

२०७५ माघ २९, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment