डा ता आओ फुटबल च्याम्पियनसिप खेल्न जाने यू–२१ टिमको घोषणा

काठमाण्डौं–भारतको गुवाहाटीमा हुने डा ता आओ फुटबल च्याम्पियनसिप खेल्न जाले यू—२१ राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
अरुणञ्चल फुटबल एसोसियसनले आयोजना गर्ने उक्त प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म हुने छ ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा भारतको उत्तर प्रदेशका ८ टोली र अन्य तीन देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा एन्फाको यू–२१ को राष्ट्रिय टोलीले सहभागिता जनाउने छ ।
एन्फाको खेलाडी छनोट समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी छनोटबारे जानकारी गराएको हो । प्रतियोगितामा जाने टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठलाई दिएको छ ।

नेपाली टोलीमा

गोलरक्षक : सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी
डिफेन्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ हुँदा मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी
फरवार्डमा : रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ
वैकल्पिक खेलाडी : गोलकिपरमा अभिषेक बराल र डिफेन्डरमा शनिस श्रेष्ठ । मिडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्का

२०७५ माघ २९, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment