एम्बाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी–च्याम्पियन्स लिग फुटबल अन्तरगत प्रि–क्वार्टरफाईनलको पहिलो लेगमा स्टार खेलाडी बिना नै मैदान उत्रेको पेरिस सेन्स जर्मेन (पीएसजी) ले म्यान्चेष्टर युनाईटेडविरुद्ध जित निकालेको छ ।

युनाईटेडको घरेलु मैदानमा भएको खेलमा पीएसजीले २–० गोलको जित निकालेको हो । मंगलबारको हार म्यान्चेष्टरको लागि फ्रेन्च क्लबविरुद्ध उसको घरेलु मैदानमा भएको पहिलो हार पनि हो ।

फ्रान्सेली क्लब पीएसजीलाई जित दिलाउन स्टार खेलाडी प्रेस्नेल किम्पेम्बेले एक र युवा स्टार खेलाडी केलियन एम्बाप्पेले १–१ गोल गरे ।
पहिलो हाफ बराबरी खेलेको पीएसजीले दुबै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो ।

पीएसजीले खेलको ५३ मिनेटमा प्रेस्नेल किम्पेम्बेको गोलबाट अग्रता बनाएको थियो । उनले डी मारियाले फालेको कर्नर पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए ।

टिमका मुख्य खेलाडी विना नै मैदानमा उत्रिएको पिएसजीविरूद्धको खेलमा युनाईटेडका स्टार खेलाडी पाउल पोग्बाले ८९ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । त्यसमछि युनाईटेड १० खेलाडीमा सिमित भयो ।

कामचलाउ प्रशिक्षकको नेतृत्व गरेका ओले गुनर सोल्सायरले १२ खेलमा पहिलो हार बेहोरेका छन् । उनी पछिल्ला ११ खेल मध्य १० खेलमा जित निकाल्न सफल थिए भने एक खेलमा बराबरी भएको थियो ।

अव दोस्रो लेग पीएसजीले आफ्नो घरेलु मैदानमा खेल्ने छ । पछिल्लो लेगमा पीएसजीले गोल रहित बराबरी खेले पनि अघिल्लो चरणमा पुग्ने छ ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित

Leave a Comment