एजेन्सी–च्याम्पियन्स लिग अन्तगत मंगलबार राति भएको प्रि–क्वार्टरफाईनलको पहिलो लेगमा ईटालियन क्लब ए.एस रोमाले एफसी पोर्टोलाई २–१ गोलले पराजित गरेको छ ।
रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाले संघर्सपूर्ण जित निकालेको हो । पोर्चुगिज क्लबविरुद्व रोमाकालागि निकोलो जानिएलोले ७० औ मिनेटमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ६ मिनेट पछि उनले नै क्लबको अग्रतालाई दोब्बर बनाएका थिए ।
उता पोर्टाेका लागि ७९ औ मिनेटमा लोपेजले पाहुना टोलीलाई खेलमा फर्काउने कोशिस गरेपनि त्यो सफल हुन सकेन ।
यी दुबै टोली बिचको दोस्रो लेग हेर्न लाएक हुने छ ।
