नेपालले आज इरानको सामना गर्दै

काठमाडौं–भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) इरानको सामना गर्दै छ ।
भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको तेस्रो खेलमा नेपाली टोलीले इरानको सामना गर्ने भएको हो ।

भुवनेश्वरको कालिङगा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ४ः१५ बजेबाट सुरु हुने छ ।

प्रतियोगिताको फाइनल पुग्न नेपालले इरानालाई पराजित गर्नै पर्ने बाध्यता छ । बलियो टोली भारतलाई पराजित गर्दै राम्रो प्रदर्शन गरेको नेपाली टोली इरानलाई पनि पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्ने योजनामा छ ।

नेपालले प्रतियोगिताका हाल सम्म दुई खेल मध्य एकमा हार र एका जित सहित दोस्रो स्थानमा छ । यता इरान भने दुईवटै खेलमा पराजित हुदै पुछारमा छ । नेपालले आजको खेलमा इरानलाई पराजित गरे ।

आजै हुने आर्को खेलमा शीर्ष स्थानको म्यानमारले भारतलाई पराजित वा बराबरी खेल्नु पर्ने छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment