डीपीएल–३ : धनगढीलाई अघिल्लो चरण प्रवेश सहज बनाउन जित्नै पर्ने बाध्यता

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो दिन दुई खेल हुदैछन् । आज हुने खेलहरुमा शरद भेषवाकरको कप्तानिमा रहेको महेन्द्रनगर युनमाईटेडले ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको काठमाण्डौं गोल्डेनसंग प्रतिस्पर्धा गर्दै छ ।

महेन्द्रनगर अघिल्लो खेलमा बसन्त रेग्मीको टिम रुपन्देहिसंग दुई रनले पराजित भएको थियो । आजको खेलमा महेन्द्रनगरको जित भएमा अघिल्लो चरणमा प्रवेशको लागि थप सहज हुने छ ।

यदि आजको खेलमा महेन्द्रनगरले हार बेहोरेमा अघिल्लो चरण प्रवेसका लागि केहि असहज हुने छ । दुबै टोली बिचको खेल बिहान ९ः०० बजेबाट सुरु हुदैछ ।

त्यस्तै आज हुने दोस्रो खेलमा धनगढी स्टार्सले विराटनगर किङसको सामना गर्ने छ । लगातार दुई खेलमा हार बेहोरेको धनगढीलाई अघिल्लो चरणमा प्रवेशका लागि सहज बनाउन आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ ।

धनगढीले आजको खेलमा पनि हार बेहोरेमा अघिल्लो चरण प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्ने छ । त्यस्तै विराटनगर किङसलाई पनि अघिल्लो चरण प्रवेशमा सहज बनाउन आजको खेल जित्नु पर्ने छ ।

विराटनगरले आफ्नो पहिलो खेलमा रुपन्देहि च्यालेन्जर्ससंग ५ विकेटले हार बेहोरेको थियो । यी दुबै टोली बिचको खेल दिउसो १ः०० बजेबाट सुरु हुनेछ ।

दुबै खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडी मार्फत हुनेछ ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment