काठमाडौंको लागातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

धनगढी– ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको काठमाडौं गाल्डेनले जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टि–२० क्रिकेटमा लगातार दोस्रो जित निकलेको छ । बुधबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई महेन्द्रनगरले ७ रनले पारजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछा्उने क्रममा मेहेन्द्रनगरले पुरै २० ओभर देल्दै ८ विकेटको क्षतिमा मात्र १२८ रन जोड्न सक्यो ।
काठमाडौंलाई जित दिनउन रसिद खानले सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै अंकित दवासले २ विकेट लिदा ललितनारायण राजबंशी, योगेन्द्र सिंह कार्की र नन्दन यादवले समान १–१ विकेट लिए ।

ब्याटिङ तर्फ महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २३, आरिफ सेखले १८, आनन्द सुब्रमनियमले १५ र राहित कुमार पौडेलले १० रन बनाउन सके । अमर सिंह राउटेलले नट आउट २७ रन बनाउन सफल भए । त्यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । धनगढीको फाप्ला मैदान खेलमा महेन्द्रनगर युनाइटेल टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

यस अघि काठमाडौंका लागि अंकित दवासले अर्धसतकिय पारी खेले । अंकितले सवार्धिक ६५ रनको योगदान गरे । उनले ५ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाउन सफल भएका हुन् । त्यस्तै योगेन्द्र सिहं कार्कीले २२ रनको योगदान गरे । उनले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडेका हुन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे । उनले १४ बल खेल्दै १ चौकाको सहयोगमा १४ रन बनाउन सफल भएका हुन् । यस्ते मेहेबुब आलमाले १३ रनको योगदान गरे । काठमाडौंको ओपनरमा आएका अनिल शाहाले ४ रन बनाउदा गौरव तमोरले मात्र १ रन बनाए भने सोनु तामाङले पनि मात्र १ रन जोड्न सके ।

बलिङ तर्फ महेन्द्रनगरका लागि अमर सिंह राउटेलले सर्वाधिक २ विकेट लिए । त्यस्तै अबिनास बोहोरा, सागर ढकाल र मोहमेद नाविदले समान १–१ विकेट लिए ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित