विराटनगरले धनगढीलाई दियो १०४ रनको लक्ष्य

धनगढी– करण केसीको कप्तानीमा रहेको विराटनगर किङसले जारि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टि–२० क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा धनगढीलाई १०४ रनको लक्ष्य दिएको छ ।

बुधबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले पुरै २० ओभरमा ९ विकेटको क्षेतिमा १०३ रन बनाउन सफल भएको छ ।

योसंगै अव धनगढीले १०४ रनको लक्ष्य पाएको छ ।

विराटनगरका लागि अभिनास यादवले सर्वाधिक २७ रनको योगदान गरे । उनले २९ बल खेलेका अभिनासले २ चौकाको सहयोगमा २७ रन बनाउन सफल भएका हुन् ।

विराटनगरका कप्तान करण केसीले २१ रन जोड्न सफल भए । उनले २२ बलमा १ चौका र २ छक्काको मद्दतमा २१ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै आसिफ शेखले १२ रन बनए । कुशल भुर्तेलले ६ रन बनाउदा हरिसंकर शाहाले २ तथा असाद पठानले ३ रन जोडे । पृथु बास्कोटाले ६ रन जोड्दा समसेद सेखले ११ रनको योगदान गरे । यस्तै राजेस पुलामि र शुसान भारीले मात्र समान १–१ रन जोडे ।

बलिङ तर्फ धनगढीका सोमपाल कामि र विपिन खत्रीले सर्वाधिक ३–३ विकेट लिए । त्यस्तै रोविन क्षेत्रीले २ विकेट लिए । र एउटा सुनिल धमलाले १ विकेट लिए ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित