विराटनगरको जित, धनगढीको झिनो आशा बाँकी

धनगढी– करण केसीको कप्तानिमा रहेको विराटनगर किङसले जारि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टि–२० क्रिकेटमा पहिलो जित निकालेको छ ।

बुधबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले धनगढीलाइ २१ रनले हराएको हो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछउनले क्रममा धनगढी १९ ओभरमा नै अल आउट हुदै ८२ रन बनाएको थियो ।

विराटनगरका कप्तान करण केसी र अविनास यादवले सर्वाधिक ४–४ विकेट लिए । सुशान भारीले २ विकेट लीए ।

ब्याटिङ तर्फ धनगढीका लागि सन्दिप रजाइलीले सर्वाधिक ३४ रन बनाए । उनले ३६ बलमा ४ चौकाको मद्दतले ३४ रन बनाउन सफल भएका हुन् ।
त्यस्तै राजु रिजालले १५ रनको योगदान गरे । उनले २३ बलमा १ चौकाको सहायोगमा १५ रन पुरा गरेका हुन् । धनगढीका लागि ओपनरमा आएका सुनिल धमलले १ रन बनाउदा रोहन मुस्तफा ६ रन जोडे । त्यस्तै अमित श्रेष्ठ ७ रन बनाए ।

त्यस्तै पवन सराफ, अमिर हायात र सोमपाल कामीले समान ४–४ रन बनाए ।

यस अघि विराटनगरका लागि अभिनास यादवले सर्वाधिक २७ रनको योगदान गरे । उनले २९ बल खेलेका अभिनासले २ चौकाको सहयोगमा २७ रन बनाउन सफल भएका हुन् । विराटनगरका कप्तान करण केसीले २१ रन जोड्न सफल भए । उनले २२ बलमा १ चौका र २ छक्काको मद्दतमा २१ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै आसिफ शेखले १२ रन बनए । कुशल भुर्तेलले ६ रन बनाउदा हरिसंकर शाहाले २ तथा असाद पठानले ३ रन जोडे । पृथु बास्कोटाले ६ रन जोड्दा समसेद सेखले ११ रनको योगदान गरे । यस्तै राजेस पुलामि र शुसान भारीले मात्र समान १–१ रन जोडे ।

बलिङ तर्फ धनगढीका सोमपाल कामि र विपिन खत्रीले सर्वाधिक ३–३ विकेट लिए । त्यस्तै रोविन क्षेत्रीले २ विकेट लिए । र एउटा सुनिल धमलाले १ विकेट लिए ।

२०७५ फाल्गुन १, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment